सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, साउन ५ । भरतपुर महानगरपालिका–१४, बरौजीकी सरिता दवाडीले यस वर्ष आफैँले उत्पादन गरेको धानबाट परिवारको गर्जो टार्ने निधो गरे । नजिकैको आठ कट्ठा जमिन वार्षिक १५ हजार भाडा तिर्ने गरी ठेक्कामा लिए ।
आफै मेला पर्म लगाएर रोपाइँ गर्ने उनको धोको भने पूरा हुन सकेन । अनतः त्यो जमिन रोपाइँ गर्न भारतीय नागरिकलाई पाँच हजार रुपियाँमा ठेक्का दिन बाध्य भए ।
ट्याक्टर लगाएर जोत्ने र हिलो बनाउन सकिने आफू फुर्सदिलो भएकाले छिमेकमा पर्म लगाउँदै आफैँ रोप्ने उनको धोको थियो । ट्याक्टरले एकै पटकमा खेत तयार गरिदिने, पानी सुक्ने र रोपाइँ गर्न समस्या पर्ने देखिएपछि उनले आफूले गर्ने काम अर्कैको भर पर्नु परेको बताइन् । यो समाचार आजको गोरखापत्रमा छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा