सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, साउन ४ । शनिबार बिहान बन्दको अवज्ञा गरेको भन्दै झापाको पूर्वपश्चिम राजमार्ग अन्र्तगत विर्तामोड नगरपालिका १० स्थित बुट्टाबारी नजिकै बस तोडफोड गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको बस तोडफोड भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त बसको तोडफोड गर्ने युवाहरु ३ वटा मोटरसाइकलमा मास्क लगाएर आएका थिए । सोहि युवाहरुको समुहले बसमा ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
शनिबार नेपाल आदिवासी जनजाति महासंघका आवद्ध संघ संस्थाले प्रदेश नम्बर १ मा संविधानले व्यवस्था गरेको समावेशी तथा आरक्षण कोटा लोकसेवा आयोगले कटौती गरेको भन्दै बन्दको घोषणा गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा