सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट, साउन ४ । शनिबार दिउँसो रौतहटमा लालबकैया नदीमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ । उनीहरुको मृत्यु जिल्लाको देवाही गोनाही नगरपालिका ५ स्थित नदीमा डुबेर भएको हो।
मृत्यु हुनेमा सोही गाउँ बस्ने स्व.रामनरेश साहकी १० वर्षीया छोरी पिंकी कुमारी र रामानन्द साहका ८ वर्षीय छोरी निरुताकुमारी साहको रहेको इलाका प्रहरी कार्यालय देवाही गुनाहीका प्रहरी निरीक्षक बद्रीबहादुर पौडेलले जनाए ।
बिहान बकैया नदीको किनारमा बाख्रा चराउन जाँदा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले जनाए । यसैक्रममा, पानीजन्य प्रकोपको कारण यस जिल्लामा मात्र १७ जनाको मृत्यु भएको र २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा