सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भोजपुर, साउन ४ । गएको हप्तादेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि १ सय घर परिवार विस्थापित भएको छ । विस्थापित भएकाहरु पाल तथा छिमेकीको घरमा रात काट्न बाध्य भएको विपद व्यवस्थापन समितिले जनाएको छ ।
विस्थापित हुने घर परिवारहरु:
१.भोजपुर नगरपालिकाका १४ घर परिवार
२. ट्याम्केमैयुङ्ग गाउँपालिकाका २६
३. पौवादुङ्मा गाउँपालिकाका २
४. आम्चोक गाउँपालिकाका ४४
५. रामप्रसादराई गाउँपालिकाका ९
६. अरुण गाउँपालिकाका १
७. हतुवागढी गाउँपालिकाका ३
८. साल्पासिलिछो गाउँपालिकाका १२
यसैक्रममा, विपद व्यवस्थापन समितिलका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उक्त जिल्लाका विभिन्न पालिकामा १६ घर पूर्ण रुपमा क्षति भएका छन् भने ५८ घरमा आंशिक क्षति पुगेको जानकारी दिए ।
यसैक्रममा, गएको हप्ताबाट परेको पानिका कारण पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरी जम्मा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते छन् ।
प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार पालिकाहरुलाई आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी पठाउन पत्राचार गरेको बताए। यसैक्रममा, जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण आउने क्रम अझै जारी रहेको जनाए।
सोहि पहिरोमा परि मृत्यु भएका मृतकका परिवारलाई सरकारले प्रति मृतक १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । घाइतेलाई राज्यले निस्शुल्क उपचार व्यवस्था गराउने जनाएको छ । त्यस्तै घर पूर्ण क्षति भएकालाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार रुपैयाँ राहतस्वरुप दिइने घोषणा गरेको छ।
प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार बाढी पहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा अथवा अर्को घर बनाउनुपर्ने बाध्यता भएमा विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा