सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ४ । शनिबार काठमाडौँ क्षेत्र नं ५ मा पुनर्निर्माण गरेको पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको जनाएका छन् ।
यसैगरी सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन उपप्रधानमन्त्री पोखरेलले स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
उनले सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने बताएका छन् । उक्त पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाडने जनाएका छन् ।
यसैक्रममा, उनले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको समेत स्पष्ट पारेका छन् ।
त्यस्तै, सबै वडाहरुसँग आवश्यक सहकार्य गरेर काठमाडौँ महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको उक्त कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।
यसैक्रममा, उनले काठमाडौँलाई हिलो र धुलोमुक्त बनाएको दावी गर्दै चालू आर्थिक वर्ष भित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रदेश सांसद नारायण सिलवालले बताएका छन् ।
प्रदेश सांसद सिलवालको योजना अनुसार प्रदेश ३ को सरकारको आर्थिक सहयोगमा निर्माण गरेको सो पुल वरपरका सम्पदाहरुको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा