सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर, साउन ४ । शनिबार जनकपुरका व्यापारीहरुले सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा र्याली निकालेका छन् ।
उद्योग वाणिज्य संघ जनकपुरको अगुवाइमा निकालिएको विरोध र्यालीका सहभागीले जनकपुरको शिव चोकबाट निकालिएको र्याली उपमहानगरपालिको विभिन्न ठाउँको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको विरोध गरेका थिए ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित शाहका अनुसार सरकारले ल्याएको ऐन, नीति, तथा कानुनले निजी क्षेत्रमा अन्यौल सिर्जना गरे।
यसैगरी, व्यापारीहरुका भनाइ अनुसार आर्थिक विकास तथा नेपाल सरकारले घोषणा गरेको “समृद्ध नेपाल सुखी नेपाली” नारालाई सार्थक तुल्याउने प्रमुख संयन्त्रको रुपमा रहेका निजी क्षेत्रलाई खुल्ला एवं सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको सट्टा ठिक विपरीत नियम, कानुन र ऐन ल्याएर निजी क्षेत्रलाई प्रभावित गर्न खोजेका आरोप लगाए ।
यसैक्रममा, उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर साह हिराले नयाँ व्यवस्थालाई तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योग, व्यापार र व्यवसायको सापेक्षतामा हुने गरी अव्यवहारीक ऐन परिमार्जन तथा संशोधन गर्नुपर्ने जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा