सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, साउन ४ । संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्मविपरीत लोक सेवा आयोगले विज्ञापन निकालेको भन्दै त्यसको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिँडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राईलगायत १५ जनालाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेका छन्।
भुजेल सेवा समिति इटहरीका अध्यक्ष नेत्रबहादुर भुजेलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई, तामाङ घेदुङ संघका चन्द्र तामाङलगायतका आफना नेता कार्यकर्ताहरु रहेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले इटहरी चोकमा भेला भएर बन्द गराउँदै हिँडेका १५ जनालाई पक्राउ गरेको स्वीकार गरे ।
नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै ‘आरक्षण बचाऔंँ’ नाम दिएर आन्दोलन थालेको थिए । महासंघले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा