सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, साउन ४ । अल्जेरियाले फाइनलमा सेनेगललाई १-०ले हराउँदै अफ्रिका कप अफ् नेसन्सको उपाधि दोस्रो पटक जितेको छ ।
यसअघि अल्जेरियाले सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा पेनाल्टीमा पराजित हुँदै उपविजेतामा सीमित रहेको सेनेगल यस पटक पनि यतिकै रह्यो ।
इजिप्टको कायरो अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा खेलको दोस्रो मिनेटमा बाघदाद बोउनदेजाको प्रहार सालिफ सानेको खुट्टामा लागेर डिफ्लेक्ट भएको बल गोलमा परिणत भएको कारण अल्जेरियाले जित हात पारे।
सेनेगलले अल्जेरियामाथि दबाबपूर्ण खेल खेल्ले पनि गोल भने गर्न सकेन् । अल्जेरियाको पोस्टमा सेनेगलले १२ पटक एटेम्प्ट गरेकामा तीनवटा सट फ्रेममा लागेको थियो ।
एमबाए नियाङले दोस्रो हाफमा दुईवटा उत्कृष्ट मौका गुमाएका थिए । यसैक्रममा, सेनेगललाई दोस्रो हाफमा पेनाल्टी दिइएको थियो । तर, पेनाल्टीको निर्णय भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा