सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / कैलाली, साउन ३ । कैलालीको अस्थायी राजधानी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित निलम होटलमा बिहिबार साँझ बम बिस्फोट हुदा घाइते भएका पाँच जना मध्ये एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बम बिस्फोटमा परि गम्भीर घाइते भएका बझाङ्ग जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १४ का रामबहादुर सिंहको धनगढीको मेट्रो अस्पतालमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो ।
उक्त बम विस्फोट कसले र किन गराएको हो भन्ने बारे प्रहरीले ठोस प्रमाण सहित केहि बोल्न सकेको छैन तर विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गरेको हुनसक्ने आशंका गरेको छ । मृतक सिंहले सानो टिफिन जस्तै बक्समा झोलामा राखेको बम पिठ्युमा बोकेको क्रममा उक्त बम फिट गरेको हुनाले होटलमा भित्तामा लाग्दा विस्फोट भएको प्रहरीले जनाएको छ । मृतक सिंह संगै कञ्चनपुर जिल्लाको बेलडाँडी घर भएका लक्ष्मण सेरेला खाजा खानका लागि मोटरसाइकलमा उक्त होटलमा आएको प्रहरीको भनाई छ ।
घटनास्थलबाट एक थान पेस्तोल र से ७ प ३१४४ नम्बरको एउटा मोटरसाइकल समेत बरामद गरेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय कैलालीले विस्फोटको रहस्य पत्ता लगाएर पर्दा पछाडी रहेका र आपराधिक क्रियाकलाप गरिरहेकालाई कानुन बमोजिम कारबाही गरिने बताएको छ ।
प्रहरीका अनुसार मृतक सिंह बाहेक ४ जना घाइते हुनेमा उक्त होटलका संचालक धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाड़ी बस्ने केशवराज पाण्डे, वडा नम्बर ४ मै बस्ने जितेन्द्र यादव, उक्त होटल नजिकै ग्यारेज राखेर काम गरिरहेका भारतीय नागरिक मोविन खान, सिंह संगै होटलमा आएका लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको अहिले माया अस्पतालमै उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा