सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकर्मी खटाइएको छ ।
सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उनी हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन् ।
दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिएपनि सभामुखले भने अझै बढी सुरक्षाकमी पाएका छन् । दुवै पदाधिकारको अगुवा, पछुवा र क्याटरमा सो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा