सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, साउन २ । हराएको २५ दिनपछि पोखरा महानगरपालिका वडा नम्बर १५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए ।
प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल्यो । सालीसँगको हिमचिमका कारण श्रीमतीको हत्या गरेको समेत खुलेको छ । रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे ।
८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पुर्याउँथिन् । उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन ।
केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो । अनुसँगको सम्बन्धबारे वर्षदिन अघि लक्ष्मीले चाल पाएपछि त्यसैमा घरझगडा भएको बयान माइती पक्षले बयान दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा