सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, साउन २ । काठमाडौंको बल्खुमा ‘तारा औषधि पसल’ छ । ६ वर्षदेखि सञ्चालित यो पसलमा औषधि विक्रेताका रूपमा छिन्, रविना केसी । उनी निर्धक्क औषधि बेच्छिन् । तर, उनले फार्मेसी पढेकी छैनन् । ‘श्रीमान्ले फार्मेसी पढ्नुभएको हो । उहाँ काममा जानुभएको छ । त्यसैले म आफैं औषधि दिन्छु, औषधिको नाम त सबैको थाहा छ,’ रविना भन्छिन् ।
काठमाडौंकै कीर्तिपुरमा विगत सात वर्षदेखि सञ्चालित ‘चन्दरा औषधि पसल’ मा आकांक्षा श्रेष्ठ पनि औषधि बिक्री गर्छिन् । ‘ज्वरो, रुघालगायत सामान्य बिरामी भएकालाई औषधि दिन्छु, औषधि त चिनेको छु,’ उनी निर्धक्क भन्छिन्, ‘फार्मेसी पढेको छैन ।’ उनको यो पसल दर्तासमेत भएको छैन ।
राजधानीमा मात्र होइन, बाहिर पनि फार्मेसी नपढेका व्यक्तिले औषधि पसल सञ्चालन गरेका प्रशस्त उदाहरण छन् ।
त्यस्तै, दाङको बेलझुन्डीमा रहेको ‘महेश्वरी औषधि पसल’ मा शिक्षा संकाय पढेका महेश बस्नेत औषधि बेच्छन् । ‘श्रीमती सरकारी सेवामा कार्यरत छिन् त्यसैले म पसल धानेर बसिरहेको छु, गाउँको सेवा पनि त हो,’ उनी भन्छन् ।
विषयगत ज्ञान नै नभएका व्यक्ति निर्धक्कसँग औषधिजस्तो संवेदनशील समानको बिक्री वितरणमा संलग्न छन् । कानुनअनुसार यो अबैध काम हो । यो खबर राजधानी दैनिकमा छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा