सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, साउन २ । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती क्षेत्र अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ।
राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए। गोली लागेका इथियोपियाका शान्ति सैनिकको मृत्यु भएको हकले बताए। अबेईमा राष्ट्रसंघीय शान्ति सैनिक तैनाथ छन्।
उक्त आक्रमणका क्रममा दुई महिला र एक बालक सहित पाँच जना सर्वसाधारणको पनि ज्यान गएको छ। आक्रमणकारीको खोजी तीव्र बनाइएको पनि राष्ट्रसंघीय अधिकारीले बताएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषदले सन् २०११ मा अबेईमा शान्ति सैनिक तैनाथ गरेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा