सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, साउन १ । जनकपुरमा बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शिक्षकहरुले आन्दोलनका साथै चक्काजाम गरेपछि प्रहरीले उनीहरुमाथि हस्तक्षेप गर्दै लाठीचार्ज गरेको छ । सोहि क्रममा प्रहरीसँग शिक्षकहरुको झडपसमेत भएको छ ।
प्रहरीले जुरनी मण्डल, रेखा कापड, शशिकला भट्टराई, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारीलगायतका शिक्षक शिक्षिकहरुलाई गरेको छ ।
मुख्यमन्त्री लालाबाबु राउतको निर्देशनमा आफूहरुमाथि लाठीचार्ज र धरपकड भएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले आरोप लगाएका छन् ।
गएको असार १९ गतेदेखि नै उनीहरु अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थासहित विभिन्न माग लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बस्दै आएका थिए।
यसैक्रममा, प्रहरीले माग पूरा नभएपछि सडक जाम गर्न उत्रेका शिक्षकहरुमाथि लाठीचार्ज गरेका छन् । आन्दोलनरत शिक्षकहरुको भनाइ अनुसार मुख्यमन्त्री समेत धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म कुनै पहल नगरेकाले बाध्य भएर सडक जाम गरेपछि मुख्यमन्त्रीको निर्देशनमा उल्टै आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
उनीहरुले जीवनको महत्वपूर्ण समय देशको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको दु:ख व्यक्त गरेका छन् ।
समितिका संयोजक धमेन्द्र कुमार यादवले संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का झण्डै १ हजार २ सय शिक्षकको रोजगार खोसिएको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा