सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, साउन १ । भारतको एउटा समुदायमा महिलाहरुमाथि कडा नियय लागु गरेको छ । गुजरातको बानसकाँठा क्षेत्रको दादंतीवाडा गाउँमा ठाकोर समुदायले अविवाहित महिलाहरुलाई फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको जागरन दैनिकले जनाएको छ ।
डोकोर समुदायले गत आइतबार गाउँँमा बैठक बसेर उक्त फैसला लिएको समाचारले जनाएको छ ।
अविवाहित महिलाले फोनको प्रयोग गर्न नपाउने ठाकोर समुदायको नयाँ नियमले बताएको छ । यदि कुनै युवतीले यो नियमको उल्लंघन गरेको खण्डमा कडा सजाय हुनुका साथै केटीको बुबाले डेढ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नुपर्छ ।
यसैगरी ठाकोर समुदायको बैठकले विवाहमा हुने फजुल खर्च समेत नियन्त्रण गर्ने निर्णय गरेको छ । विवाहका डिजे, पटाका आदिमा हुने खर्च रोकिने छ । कुनै युवतीले परिवारको अनुमति बिना विहे गरेमा त्यो पनि अपराध मानिने निर्णय गरेको छ ।
सोे नियम दांतिवडाका साथ कोटजा, गगूदा, ओडवा, हरियाडा, मरपुरिया, शेरगढ, रंदौल, दनारी र वेलालवास जस्ता अन्य गाउँमा पनि लागु हुने समाचारले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा