सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १ । सरकारले गत असार ९ गते पहिलो पटक सूचना निकालेर शिक्षा आयोगको उपाध्यक्षका लागि मागेको दरखास्त आवेदन रद्ध गर्दै पुन: आह्वान गरेको छ ।
सो सुचना निकालेर दरखास्त मागेका आयोगले आवेदन परेका छ जनाको दरखास्त परेकामध्ये योग्यता पुगेको पुष्टि भएका कागजात पेस नगरेको नाम सिफारिस समितिको ठहर छ ।
यसैक्रममा, यही साउन साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरी दरखास्त बुझाउन आयोगले बुधबार सार्वजनिक सूचना जारी गरेको छ भने, सो सूचनामा आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । यसअघि जारी गरेको सूचनामा ६१ वर्ष मुनिका व्यक्तिले मात्र दरखास्त दिन पाउने व्यवस्था राखेको थियो।
डा. गोविन्द केसीले गत बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगको उपाध्यक्ष पदका लागि परेका आवेदनहरुअयोग्य भएको भन्दै निवेदन परेकाहरुबाटै नियुक्ति गर्न नमिल्ने भएकाले प्रकृया रोक्न माग गरेका थिए ।
आयोगको उपाध्यक्षका लागि परेका आवेदनहरुका नाम श्रीकृष्ण गिरी, पारस पोखरेल, नीलमणि उपाध्याय, प्रमोदकुमार सरा र रमेशप्रसाद सिंहले रेहेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा