सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्घाखाँची, असार ३१ । अर्घाखाँचीमा मदिरा सेवन गरी ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन् । दाङ जिल्ला राप्ती गाँउपालिका २ लालमटिया घर भएका जेठा ज्वाइँ २९ वर्षीय वसन्त कुमालले ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका अभियुक्त वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेका थिए । सोही समयमा झगडा हुँदा रिसको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेपछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार सासूको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घटनास्थलमा गाउँले आउँदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए । उक्त विषयमा सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ । प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा