सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काडमाडौँ, असार ३१ । साउन १ गते अर्थात बुधबारबाट इन्टरनेट १३ प्रतिशत महँगो हुने जनाएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले सरकारले नै इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको जानकारी दिए ।
सरकारले गएको वर्ष नै १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो । त्यसकारण सो बिषयमा व्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति जनाएको थियो ।
इन्टरनेट सेवा प्रदायकले सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको कारण भोलिदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा