सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३१ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै सत्तारुढ दल (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने दावी गरेको छ ।
असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै अध्यक्ष दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको जनाए । यसैक्रममा सबै काम आजै टुंगो लगाउने तयारी गरेको समेत जानकारी दिए ।
अध्यक्ष दाहालले उक्त बैठकमा बोल्दै दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको समेत जनाएका छन् ।
अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने छ ।
अध्यक्ष दाहालले पार्टी एकताको सबै कामको टुंगो लागे पछि मात्र पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान संचालन गर्ने धारणा व्यक्त गरे ।
यसैगरी दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष दाहालले निर्देशन दिए ।
अध्यक्ष दाहालले जनताले विश्वास गरेर दुई तिहाइ प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहना अनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि बताए।
यसैक्रममा, ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको पनि अध्यक्ष दाहालले जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा