सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, असार ३१ । प्रदेश नं २ मा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय गरेको छ।
अविरल वर्षा र बाढीका कारण विचल्ली परेका परिवारको राहतको लागि प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने निर्णय उक्त बैठकले गरेको छ ।
मंगलबारको बैठकले एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । बाढि प्रभावितलाई राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णय समेत उक्त बैठकले गरेको छ ।
यसैक्रममा उक्त बैठकले प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन समेत आग्रह गरेको छ ।
प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत बैठकले बाढीले प्रभावित परिवारहरुलाई राहतमा कमी हुन नदिन गठन गरेको छ ।
यसैगरी, राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण उक्त समितिले गर्ने भएको छ ।
उक्त समितिले प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन पनि गर्ने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा