सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, असार ३१ । मंगलबार जनकपुरमा प्रेस संगठन नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्राकृतिक विपदमा सबै एकजुट भएर सामना गर्नुपर्ने जनाएका छन् ।
उक्त सम्मेलनमा बोल्दै यादवले भने, ‘वर्षातको सिजन भर्खरै सुरुवात भएको छ यसकारण सम्भावित जोखिम तथा राहत वितरणका लागि सबै राजनीतिक दल सहितका सर्वदलीय समिति गठनको आवश्यकता रहेको छ’।
उनका अनुसार डुबान र बाढीले प्रत्येक वर्ष व्यापक जनधनको क्षति हुँदै आएकाले यसको दीर्घकालिन समाधान खोज्न जरुरी रहेको छ ।
‘प्रत्येक वर्ष बाढी र डुबान हुन्छ, प्रत्येक वर्ष सरकारले खोला नाला र सडक मर्मत सम्भार गर्छ, तर पनि डुबान र बाढी आउँछ, सबै थोक बगाएर लान्छ, मान्छेहरु घरबारविहीन हुन्छन्, यसको लागि दीर्घकालिनरुपमा समाधान खोजौँ ,उनले भने ।’
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा