सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, असार ३१ । गत असार २५ गते प्रदेश नम्बर ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले सोहि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष राजीनामा दिएको थियो । सो राजीनामा दिएको बारे दुबै जनाले बाहिर नल्याउने सहमति भएको थियो ।
यसैक्रममा, उपाध्यक्ष देवकोटाले मंगलबार आफ्नो व्यक्तिगत कारणले गर्दा राजिनामा दिएको बताए । राजीनामा दिएको कुरालाई ५ दिनसम्म गोप्य राखेर समस्याको समाधान गर्ने निकाल्ने तयारी रहेको थियो । तर जुन समस्याबाट राजीनामा दिएको हो त्यो समस्या समाधान नभएपछि देवकोटाले राजीनामा दिएको बताए ।
व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि उपाध्यक्ष देवकोटाले बजेटका विषयमा धेरैखालका असन्तुष्टी भएको छ । उपाध्यक्ष देवकोटाले असन्तुष्टीको समाधान गर्नका लागि दिएको राजीनामा पनि गोप्य राखेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा