सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियामा चार बच्चाहरुले मस्तिको लागी न केबल कार चोरे उनीहरुले एक हजार किलोमिटरको यात्रा पनि गरेका छन् । १० देखी १४ बर्ष उमेर सम्मका यी बच्चाहरुमा एक जना बालीका पनि थिइन ।
प्रहरीले दिएको जानकारी अनुसार, क्वीसल्याण्ड प्रान्तको रकहप्टन शहरबाट शनिवार यी बच्चाहरुले पहिला एक आफन्तको कार चोरी गरे र फेरी पैसा र माछा मार्ने काटा लिएर छिमेकी राज्य न्यू साउथ वेल्स तिर लागे । एउटा बच्चाले यस विषयमा घरमा जानकारी दिए पश्चात उक्त घटनाको जानकारी वाहिरिएको हो ।
प्रहरीले उनीहरुलाई आइतवार राति एक हजार किलोमिटर टाढा ग्राफ्टन शहमा पक्राउ गरेको छ । जाँच–बुझ पछि प्रहरीले बताए अनुसार, घरबाट निक्ले पश्चात उनीहरुले पालै पालो कार चलाए । यी बच्चाहरुमा एक बालकको उमेर १४ बर्ष, दुई बालकहरुको उमेर १३ र एक बालीकाको उमेर मात्र १० बर्षका छन् ।
क्वींसल्याण्ड प्रहरीले कारलाई आइतवार विहान बनाना शहरमा देखिएको बताएको छ । बच्चाहरुले यात्रा गर्नु भन्दा पहिला कथित रुपमा त्यहाँबाट पेट्रोल पनि चोरेका थिए । यो कार आइतवार वेलुका न्यू साउथ वेल्सको छिमेकी शहर ग्राफ्टमा भेटिएको थियो । रकहेम्टन बाट यहाँ कारबाट पुग्न लगभग ११ घण्टा लाग्दछ ।
न्यु साउथ वेल्स प्रहरीका अनुसार, पहिला बच्चाहरुले आफुलाई कारमा बन्द गरेर बसेका थिए । उनीहरु कारबाट बाहिर निक्लन समेत मानेका थिएनन् । पछि उनीहरुलाई कारबाट बाहिर निकाल्नको लागी प्रहरीले लठ्ठीको प्रयाग गरेको थियो । यद्यपी, अहिलेसम्म गाडी कुन बच्चाले चलाएका थिए भन्ने विषयमा कुनै पनि जानकारी प्राप्त हुन सकेको छैन तर यती लामो यात्रा र दुई दिनसम्म कुनै एक ब्यक्तिले मात्र कार चलाउन सक्दैनन त्यसैले सबै बच्चाहरु मिलेर नै कार चलाएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले थप विषयमा आफनो जाँच शुर गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा