सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बम बहादुर शाह,
रााष्ट्रिय परीक्षा वोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार १२ गते प्रकाशित गरेको छ । जम्मा ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थीेहरुले परीक्षामा भाग लिएका थिए । साधारणधारतर्फ ४ लाख ४९ हजार छ सय ४२ र प्राविधिकधारतर्फ ९ हजार छ सय ३३ परीक्षार्थी सहभागि थिए ।
२ लाख २५ हजार छ सय १० छात्रा र २ लाख २४ हजार ३२ छात्रले साधारणधारतर्फ भाग लिएका थिए । त्यसैगरी प्राविधिकधारतर्फ छ हजार १ सय ९ छात्र र ३ हजार ५ सय २४ छात्रा सहभागि थिए । ७०.८४ प्रतिशत सामुदायिक र २९.१६ प्रतिशत परीक्षार्थी संस्थागत विद्यालय बाट सहभागि थिए ।
हरेक वर्ष जस्तै यो वर्ष पनी अर्थात २०७५ सालको एसईई परीक्षाको नतिजाले देशभरीका राष्ट्रिय पत्रपत्रिका, अखबार, रेडियो, टेलिभिजल र सामाजिक सञ्जालहरुले विशेष प्राथमिकता दिएको पाइयो ।
त्यसैगरी, राजनितिज्ञ, शिक्षाविद, सामाजिक अभियान्ता र सरोकारवालाहरुले बहसको विषयवस्तु बनाए । सामुदायिक विद्यालयमा एसईईको नतिजा खस्किनुको सबैभन्दा महत्तवपुर्ण कारण शिक्षकले राजनिती गरेर अनी राम्रोसँगं नपढाएर हो भन्नसमेत भ्याए ।
हो, नैतिक तथा पेशागत हिसाबले शिक्षक बढी जिम्मेवार भएपनि विद्यार्थी, अभिभावक, समाज, राज्य, सरकार अनि सरोकारवालाको भुमिका के रहन्छ एकचोटी सोच्नेवेला आएको छ । दिनमा ६ घण्टामात्र विद्यार्थीसँग रहने शिक्षक कसरी सबैभन्दा बढि दोषि प्रमाणित भए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई लिएर आफनो बिचारलाई व्यत्त गर्दै गर्दा मेरो अनुभवलाई यहाँ उल्लेख गर्न सान्र्दाभिक ठाने । गत हप्ता कामविशेषले म काडमाडौँबाट हेटौँडा जादैथिए । २११४ नम्बरको सुमोमा हामी करीब १० जना यात्रुहरु थियौँ । गुरुजि निकै परीपक्क र मिजासिलो हुनुहुन्थ्यो । दक्षिणकाली मन्दिर पार गरिसकेपश्चात हामी निकै धुलाम्य सडक हुदै अगाडी बढिरहेका थियौ सुमो निकै गतिमा हुँईकिरहेको थियो हामीले सुमोका सबै झयालहरु बन्द गरेका थियो ।
काडमाडौँ र मकवानपुर जिल्लाको सिमानामा करिब ३ देखि १० बर्षसम्मका १२ जना भाईबहिनिहरु बिद्यार्थीको पोशााकमा धुलाम्यभएर हामी चढेको सुमो अगाडी टक्क उभिए । मेरो सिटको अगाडीको एकजना नेपाल आर्मीले आफु धेरैपटक यो बाटोमा हिँडदा विद्यार्थीलाई विद्यालयसम्म पुर्याएको बताए ।
मैले गुरुजीलाई ती भाइबहिनिहरुलाई सुमोको छतमै राखेर भए पनि लिनु पर्छ भनेर अनुरोध गर्दा उहाँले सजिलै स्विकार्नु भयो । बाटो कतिको सकसपुर्ण छ भन्ने थाहा मलाई नभएतापनि हामी भन्दा अगाडीको सुमोमा गयका विद्यार्थीलाई टाढैबाट देखेको थिए । निकै जोखिमयुत्त बाटोमा बिद्यार्थीहरुलाई सुमोको छतमा राखी राम्ररी समात्न आग्रह गरी हामी विस्तारै अगाडी लाग्यो । वास्तविकता बुझ्दै जाँदा त्यो ठाउमा नजिकै विद्यालय नभएकाले सँधै यसैगरी टयाक्टरमा, सुमोमा र मोटरसाईकलमा लिफ्ट माग्दै विद्यार्थी, विद्यालय पुग्ने रहर नभएर बाध्यता रहेछ ।
यसरी यो घटनासँग मानसिकरुपमा विछिप्त भईरहँदा मैले ती साना भाइबहिनिहरुलाई देखेर मेरो गला अवरुद्ध भयो । मैले वास्तविक ठाउँको नाम पनिसोध्न सकिन । सोहि समयमा मैले त्यहाँका जनप्रतिधिलाई नचिनेरैभएपनि सम्झे अनि आफैँलाई मनमनै प्रश्न गरे, ‘आखिरमा के हो शैक्षिक गुणस्तर ? के हो संघियता ? के हो भविष्य ?’
यतिकैमा छतबाट रोक्नुस् भन्ने आवाज आयो र गुरुजिले सबैलाई हात समाएर ओराल्नु भयो । भर्खरैमात्र अछाम जिल्लाको चौरपाटी गाउपालिका वडा न. ३ सोकटस्थित दशबल्लया मा.वि.का विद्यार्थिहरु चढेको टयाक्टर दुर्घटनामा परी थुप्रै बिद्यार्थीको ज्यान गयो यो पनि अपायक विद्यालयका कारणले घटेको दु:खद घटना हो ।
माथि उल्लेखित घटना वा अनुभवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुको वास्तविकता के हो भन्ने झल्काउन खोजेको मात्र हो । सँधैझै यसपाली संस्थागत विद्यालयको एसईई परीक्षाको नतिजा कसरी सामुदायिकको भन्दा उत्कृष्ट भयो भन्ने सन्दर्भमा केहि वास्तविकतालाई खोतल्नु आवश्यक ठानेको छु ।
सर्वप्रथम, अधिकाश सस्थागत विद्यालयहरु नेपालका प्रमुख शहरहरु तथा जिल्ला सदरमुकामहरुमा अवस्थित छन । दोस्रो कुरा, संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु आर्थिकरुपमा सम्पन्नशाली तथा शैक्षिकरुपमा जागरुक र चेतनशील छन् । आफ्ना बालबालिकाहरुको दैनिक गृहकार्य, शैक्षिक प्रगतिलाई आफै मुल्याङ्कन गर्न सक्छन । अझै महत्वपूर्ण कुरा त शिक्षक, अभिभावक र विद्यार्थीबिचको त्रि-आयात्मक संयोजन बलियो छ । यसैगरी, संस्थागत विद्यालयहरुमा आधुनिक तथा वैज्ञानिक प्रयोगशाला र शैक्षिक सामाग्रीहरुको उपलब्धता छ ।
यसो भनि रहँदा सम्पूर्ण संस्थागत विद्यालयहरु शैक्षिकरुपमा अबल तथा भौतिक रुपमा समपन्नशाली छन् भन्न खोजेको पटक्कै होइन । अर्कोतर्फ, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र विषयअनुसार शिक्षक दरबन्दी अपुग, भौतिक संरचनाको अप्रयाप्तता, आर्थिक समस्या, आधुनिक शैक्षिक सामाग्री तथा विज्ञान प्रयोगशालाको कमी केहि प्रमुख समस्या हुन । अर्को समस्या भनेको अभिभावक तथा विद्यार्थीको शिक्षाप्रतिको जागरुकता नहुनु पनि हो ।
यसो भनिरहँदा सामुदायिक विद्यालयहरु अबल नभएका भने होईनन । अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विभिन्न समस्याबाट ग्रसित छन । दुर्गम तथा हिमाली क्षेत्रमा प्राकृतिक तथा भौगोलिक समस्या, आर्थिक तथा सामाजिक समस्या रहेका छन ।
शहरी इलाकामा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकाश विद्यार्थीहरु अरुको घरमा काम गरेर पढनु पर्ने बाध्यता छ भने, कतिपय समुदायमा बाबुआमा दुबैको ठेगानानै नभएर अरुले नै अभिभावकत्व ग्रहण गरीदिनु पर्ने बाध्यता छ ।
यतिसम्म कि कुनै भाइबहिनिहरु त दैनिक खाना तथा खाजाको जोहो नगरी विद्यालय आउँछन्; पोशाक र शुल्कको त कुरै नगर्दा वेस हुन्छ ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरको बारेमा विचार, विश्लेषण छलफल जब पर्यो राति अनि बुढि ताती भनेझै एसईईको नतिजा प्रकाशन भएको बेलामा मात्र चर्चा परीचर्चा हुनेगर्छ ।
मेरो प्रश्न, ‘बर्षौको योजना तथा लगानीबारेको छलफल एकाध दिनमा मात्र सिमित राख्नु कतिको सान्दर्भिक होला ?’
शिक्षा क्षेत्रको विकासको लाागि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राजनितिज्ञससग कुनै ठोस योजना छैन । नेपालका शिक्षाविद , विषयविज्ञ, प्राध्यपक तथा शिक्षकहरु राजनितिक झोले कार्यकर्ता बन्दा शिक्षाको भविष्य झन विकराल बनेको छ । अर्कोतर्फ, शैक्षिक योजनाकार, पाठ्यक्रमविद, र पाठ्यपुस्तक लेखन कार्यमा संलग्न व्यक्तिहरु तारे होटलमा मात्र सिमित हुँदा शैक्षिक वास्तविकता झन ओझेलमा परेको छ ।
अभिभावक तथा सरोकारवाला निकायहरु आफनो जिम्मेवारी बाट भागेर सबै दोष शिक्षकलाई मात्र लगाएको देख्दा निकै दया लागेर आउँछ । हो, म सहर्ष स्विार्छु, कतिपय राजनितिक दलका कार्यकर्ताहरुको आगमनले शैक्षिक क्षेत्रको प्रतिष्ठिामा आँच आउनुका साथै स्वच्छ छवि भएका शिक्षकको पेशागत विकास र उज्जल भविष्यमाथि नै कालो बादल मडारीने निश्चित छ ।
अर्कोतर्फ, मन्त्राललयका कर्मचारीहरुले शिक्षकको सरुवा बढुवामा नातावाद, कृपाबाद तथा ब्यापक भष्टाचारले राम्रो मान्छे भन्दा हाम्रो मान्छेले बढि स्थान पाएको अवस्था छ । ‘शिक्षकको पेशागत बृद्धि र विकाश, शिक्षक तालिम, सेवा सुविधा र भत्ता अरु क्षेत्रको भन्दा कम हुनुले बेला बेलामा शिक्षकहरु ह्तोतसाहि हुनु स्वभाविकै हो ।’
कतिपय पुराना पुस्ताका शिक्षक साथिहरुले आफुलाई समय अनुसार अद्याबधिक गर्न नसक्नु पनि शिक्षकको समस्या हो । हालको विज्ञान र प्रविधिको युगमा पुरानो चक र टक विधिको कुनै अर्थ छैन । यसको प्रतिस्थापनको लागि बजेटमा विनियोजित १० प्रतिशत रकम प्रर्याप्त पनि छैन । जब शैक्षिक प्रकियामा सम्पुर्ण पक्षहरुले मेल खादैन तबसम्म उपलब्धिको आश गर्नु दिवा सपना मात्र हो । जसरी संस्थागत विद्यालयका अभिभावकहरु आफ्ना बालबालिकाप्रति जागरुक छन् । सोहिअनुसार सामदायिक विद्यालयका अभिभावक पनि हुनु जरुरी छ ।
अनुभव र योजना विनाको अक्षराङ्कान पद्धतीले शैक्षिक क्षती निमत्याइरहेको छ । यसको स्पष्ट अनुसन्धान र अभ्यास विना सिधै टाउकोमा लागु गरीदाँ विद्यार्थी, शिक्षक र अभिभावकमा गलत सन्देश गएको छ । यसको विश्व परिवेस, महत्व र आवश्यकताको ज्ञान सहिरुपले आमनागरिकलाई दिनु जरुरी छ । विद्यालय शिक्षालाई समयसान्दर्भिक र गुणस्तरीय बनाउने मुख्य कडि भनेको विद्यालय व्यवस्थापल समिति, विद्यालय प्रशासन, शिक्षक समुह र अभिभावकको जागरुकता नै हो ।
जबसम्म, नेपालको सामुदायिक शिक्षामा प्रर्याप्त लगानी, आमनागरिकको दृष्ट्रिकोण र सरोकारवालामा अपनत्वको भाावना विकास हुँदैन तबसम्म शैक्षिक गुणस्तरको अपेक्षा गर्नु भनेको लक्ष्य एवम उदेश्य विना हिड्नु हो ।
अबको समस्या समाधानको बाटो के होला भनेरै ओकालत गर्दै गर्दा हाल मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको धर्मरिपेक्ष राष्ट्र हो, जहाँ विद्यालय शिक्षाको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारलाई संविधान मार्फत नै प्रदान गरीसकेको छ । यहि सन्दर्भमा सामुदायिक विद्यालको शैक्षिक गुुणस्तरको मापन केवल एसईई परीक्षामा मात्र सिमित राखि बहस, विचार तथा विमर्शको लागि अर्को बर्षको पखाईमा रहनु भन्दा अहिलेदेखि नै स्पष्ट योजना, मार्गनिर्देशन र आवश्यक छलफल तथा विचार विमर्शसहित अघि बढ्दा कतिको सान्दर्भिक होला ?
‘स्थानीय पाठयक्रमको निमार्ण तथा कार्यान्वयन माटो सुहाउदो तरीकाले विभिन्न जात जाती, भाषा, धर्म सस्कृति र भौगोलिक वनोट अनुरुप गर्दा के होला?’ चिनिया भाषामा उल्लेख गरिएको उखान अनुसार शिक्षकलाई सधै माछा मारेर खुवाउनु भन्दा आधुनिक शिक्षण प्रविधिको ज्ञान दिनु कतिको विधिसंम्बत होला ? यी र यस्तै यस्तै प्रश्नहरु एउटा शिक्षाको विद्यार्थी भएको नाताले मेरो मनमा उब्जिनु स्वभाविक ठानेको छु ।
यदि हामि सच्चा देशभक्त नागरिक हौँ, देशमा गुणस्तरिय शिक्षाको आवशयकता हो भने, स्वदेशमा रोजगारी प्रदान गरी देशबाटै बेरोजगारी उन्मुलन गर्न सुखि नेपाली र समवृद नेपालको नारा मात्र लगाउनु भनेको आम नेपाली जनता माथिको सरासर बेइमानी र धोका सिवाय अरु केहि होईन ।
‘अन्त्यमा, स्थानिय सरकार, जनप्रतिनिधि, प्रदेश सरकार, संघिय सरकार, शिक्षाविद, योजनाकार, कर्मचारी, प्रध्यापक, शिक्षक, अभिभावक र सरोकारवाला निकायहरुबिच एकआपसमा समझदारी गरी हरेक तह र तप्काबाट बेलैमा शैक्षिक योजना बनाई अघिबढेमा सामुदायिक विद्यालयको गुणस्तर वृद्धिहुनेमा कुनै सङ्का छैन।’
शिक्षण जस्तो पवित्र, प्राविधिक र प्राज्ञिक पेशालाई राजनितिक आवरणबाट टाढा राखी हरेक वर्ष चुस्त, दुरुस्त र पारदर्शितबरले आयोगद्धारा योग्य, दक्ष र सक्षम शिक्षकहरुको छनोट गरीएमा सामुदायिक विद्यालयको गुणस्तर खोज्न कतै जानु नपर्ने निश्चित छ ।
(लेखक शाह लेखन तथा अध्यापन कार्यमा संलग्न हुनुहुन्छ)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा