सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी, असार ३० । अबिरल वर्षासँगै आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा किसानले लगाएका मकैबालीमा क्षति पुगेको छ । जिल्लाको सुर्नया गाउँपालिकाका अधिकांश वडामा वर्षासँगै आएको हावाहुरीले मकैबालीमा ठूलो क्षति पुर्याएको हो ।
सुर्नया गाउँपालिको वडा नं ३, ४, ५ र ६ का अधिकांश स्थानमा किसानले लगाएको मकैबाली नष्ट भएको स्थानीय प्रकाश भाटले जानकारी दिए । वडा नं. ३ को बास, गोएली वडा नं. ४ को, चौर, जोगेनी, बिकुलीका अधिकांश किसानले लगाएको मकैबाली नष्ट गरेको हो । यस्तै वडा नं ५ को हरिचनमा पनि हावाहुरीले मकैबाली ढालेको छ ।
सुर्नयाकै वडा नं ६ का २० भन्दा बढी परिवारले लगाएको मकैबाली समेत हावाहुरीले ढालेर नष्ट गरेको स्थानीय बासिन्दाले बताएका छन् । रिका, कोखेत, कुनेटा, धुलीधार लगायत स्थानमा हावाहुरीले मकै ढालेको लवदेव धामीले जानकारी दिए ।
बाला लाग्ने बेलाको मकै हावाहुरीले नष्ट गर्दै किसान चिन्तित भएका छन् । यस्तै दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा पनि हावाहुरीले मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले ठूलो संख्यामा मकैबाली ढालेपछि भोकमरी हुनसक्ने संकेत देखा परेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा