सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३० । सोमबारबाट काठमाडौँमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न नागरिकलाई सशक्त बनाउँदै लैजानु पर्ने जनाएको छ ।
यसैगरी, जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न विश्वस्तरमा सहकार्यको आवश्यक्ता रहेको समेत प्रधानमन्त्री ओलीले बताए ।
उक्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकसित राष्ट्रहरुको कार्बन उत्सर्जनका कारण अतिकम विकसित राष्ट्रहरु पनि जलवायु परिवर्तनको असर परेको जनाए ।
यसैक्रममा, नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तनसम्बन्धी विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले सम्मेलनमा जलवायु परिवर्तनले पारेका नकारात्मक असर न्यूनीकरणसम्बन्धी ठोस योजना तय गर्ने जनाइएंको छ ।
यस्तै, जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय देशहरुले मिलेर काम गर्नुपर्नेमा कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जोड दिए।
सरकारले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न अन्तराष्ट्रिय संघ, संस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको वातावरण मन्त्री बस्नेतले बताए।
वन तथा वातवरण मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्मातालगाएत अनुसन्धानकर्मीहरुले सहभागी जनाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा