सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३० । सोमबार १ बजे बस्नका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरेको छ ।
बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ-आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने गरी संघीय संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरी स्थगगित गरेको जानकारी दिए ।
असार २४ गते पनि काँग्रेस र राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दे बैठक अवरुद्ध गरेका थिए ।
यसैबिच सभामुख कृष्णबहादुर महराले असार २५ गतेका दिन नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच बैठक सञ्चालन गरेको थियो ।
सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेइसौँ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन सभामुख महराले अनुमति दिएका थिए । यसैक्रममा, कांग्रेस र राजपाका सांसदहरुले रोष्ट्रम घेराउ गरी नाराबाजी गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा