सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय/कैलाली, असार ३० । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ कटासे स्थित कुलारिया नदीमा खसेर ४ बर्षिय बालक बेपत्ता भएका छन् ।
उक्त नदीमा आफ्नै घर वरिपरीका छिमेकीहरु माछा मारिरहेको हेरिरहेका बेला अचानक खुट्टा चिप्लिएर नदीमा खसेका बालक बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएका सोहि ठाउँका स्थानिय रामकुमार चौधरीका छोरा बिमल चौधरीको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता बालकको प्रहरीको टोलिले खोजिकार्य गरिरहेको छ । यो नदीमा हरेक बर्ष मानिसहरु डुबेर, बेपत्ता भएर ज्यान जाने घटनाहरु हुदै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा