सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय /कैलाली, असार ३० । कैलालीको बर्दगोरिया गाउँपालिकाको जंगल स्थित महेन्द्र राजमार्गमा सोमबार बस दुर्घटना भएको छ ।
महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनाग्रस्त हुदा ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रड भाँचिदा बस दुर्घटना भएको हो । घाइते ९ जना मध्ये केहिको सुखड स्थित घोडाघोडी अस्पताल र केहीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा