सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३० । सोमबार वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीको भनाइ अनुसार ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि नेपालले यसको असर भोग्नुपरेको छ ।
प्रधानमन्त्री ओलीले, भने, “नेपालको भू बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ” ।
यसैगरी, विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वाभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।
त्यस्तै, “जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ ” प्रधानमन्त्री ओलीले भने, “यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।”
यसैक्रममा, प्रधानमन्त्री ओलीले हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय नभएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, “हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।”
प्रधानमन्त्री ओलीका भनाई अनुसार सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको छ ।
यसैगरी, आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।
“त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ ” प्रधानमन्त्री ओलीले भने, “ आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा