सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार ३० । रोशन थापाको अध्यक्षतामा गैरआवासीय नेपाली संघ नाइजेरियाको लेगोसमा सम्पन्न सातौ वार्षिक साधारण सभाले सन २०१९/२०२१ का लागि सर्वसम्मत नयाँ कार्य समितिको गठन गरेको छ ।
सन् २००८ मा स्थापना भएदेखि एनआरएनए नाइजेरियाले एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफूलाई स्थापित गरेकाको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले जनाए ।
यसैक्रममा, एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा एनआरएन नाइजेरिया सक्रिय रहेको समेत
कोषाध्यक्ष थापाले बताए ।
त्यस्तै, अध्यक्ष बिश्वास पौडेलको सभापतित्वमा उक्त साधारणसभामा आईसिसी महिला उप संयोजक मन थापा, आईसीसी सदस्य चिरन्जिबी रोका, पूर्व अफ्रिका उपसंयोजक विदूर घिमिरे, उपाध्यक्ष वीरेन्द्र गुप्ताले मन्तब्य व्यक्त गरेका थिए ।
उक्त साधारणसभाले सन २००१९/२१ का लागि आइसीसी सदस्यमा विश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता, उर्मिला रोका, सुशील गिरी महासचिवमा अभिषेक मान सिंह , सचिबमा रोहित भाङ्गर ,सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता , सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल ,राजु धिताल, इन्द्र टन्डन, बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्वाचित भएका जनाकारी दिएका छन् ।
सावित्री गुप्ता कार्य समितिको महिला संयोजकमा निर्वाचित भएको छ भने, युबा संयोजकमा फिरोज आलम निर्वाचित भएको छ।
त्यसैगरी हिक्मत थापा, चिरञ्जीवी रोका, बिदुर घिमिरे, संजय थापा र शंकर बर्मा सल्लाहकारमा चयन भएका छन् ।
संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय पनि साधारण सभाले गरेको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा