सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असार ३० । आज ९सोमबार० पनि मुलुकका विभिन्न स्थानमा आंशिक बदली भई भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम पूर्वानूमान महाशाखाका अनुासर मनसुन न्यून चापिय रेखा नेपालको तराई भू–भागमा अवस्थित रहेको कारण मनसुनि गतिविधि देशभर सक्रिय अवस्थामा रहेको जनाएको छ ।
महाशाखा अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
त्यस्तै गरी आज राति देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
हाल देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भू–भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू–भागका केहि स्थानहरु तथा पूर्वी भू–भागका धेरै स्थानहरुमा मनसूनी वर्ष भैरहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा