सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३० । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म मुत्यु हुनेको संख्या ६५ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले पछिल्लो समय दिएको जानकारी अनुसार अविरल वर्षा र सो का कारण सिर्जित बाढि पहिरोमा परी सोमबार विहानसम्म ६५ जनाको मृत्यु (महिला २४, पुरुष ४१) भएको छ भने ३८ जना घाईते (महिला १७, पुरुष २१) भएका छन् ।
बेपत्ता ३० जना (महिला १२, पुरुष १८) ब्यापक खोजीकार्य भईरहेको छ भने बाढी पहिरोमा परेका १,४४६ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा