सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, असार २९ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी समर्थित युवा संगठन नेपालका नेता तिर्थ घिमिरेको हत्यारालाई प्रतिरोध गर्ने क्रममा ओखलढुङ्गाका जिल्ला सेक्रेटरी निर कुमार राई (प्रशान्त)ले आफ्नो ज्यानै गुमाएको भन्दै उक्त पार्टीको कैलाली एरिया नम्बर १, २ र ५ ले संयुक्त रुपमा मौन धारण कार्यक्रम गरेको छ ।
कार्यक्रमको वक्ताको रुपमा रहेका एरिया नम्बर १ का इन्चार्ज हृदय बोगटीले वर्तमान राजनैतिक परिस्थिति र यो सरकारको जनता प्रतिको दमन , राजनैतिक एजेण्डा जनताको आस्था, विचार माथि सरकारले गरेको निषेधिकरणको नेपाल कम्युनिस्ट पार्टी विप्लव ले सामना गर्ने बताउदै गणतन्त्रका नाममा सरकराले जनतालाई भ्रमित पार्ने, लुट्ने काम गरिरहेका बताएका थिए ।
एरिया सेक्रेटरी प्रकाश खड्काले संचालन गरेको कार्यक्रमको समापन एरिया नम्बर २ का इन्चार्ज राम बहादुर विकले गरेका थिए । खड्काले हाम्रो राजनैतिक आस्था र विचार माथि सरकारले जति निषेध गरेता पनि आफु जनता संगै रहेर जनताका लागि कार्य गरिरहेको र सधै गरिरहने बताउदै आईरहेका सक्रिय युवा नेता हुन् । उनले यो कार्यक्रमको संचालन गर्दै आफ्नो पार्टीको एक निर्दोष नेताको सरकारले हत्या गरेकोमा दुख व्यक्त गर्दै आफुहरु सरकार देखि डराएर कहिलै नबसेको समेत बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा