सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २९ । शुक्रबार कुवेतको एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले सो आगलागीमा परि मृत्यु हुनेमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कमी र गौरी दर्जीको मृत्यु भएको जनाएका छन भने, उनीहरु शव फर्वानिया अस्पतालमा राखिएको छ।
मगरका अनुसार सो घटनाबारे प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र पूर्ण जानकारी आउने बताए । उक्त अस्पतालमा दूतावासको टोली पुगेका छन् । यसैक्रममा उनीहरुले नेपाली घाइते भएर नभएकोबारे अहिले पुष्टि नभएको जनाए । मगरले भने, ‘हामीले जानकारी संकलन गरिरहेका छौं, तर घाइतेबारे जानकारी पुष्टि भएको छैन’।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा