सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार २७ । अमेरिकाको हवाई राज्यस्थित होनोलुलुमा मौसमको खराबीका कारण विमान हल्लिएपछि आकस्मिक अवतरण हुँदा ३७ जना घाइते भएका छन् ।
उक्त घटनामा घाइते भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ । उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएपछि आकस्मिक अवतरण भएको बताए ।
एयर क्यानाडाको ७७७-२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेका थिए । जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा ‘सिटबेल्ट‘ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका कारण घाइते भएको बताए ।
यसैक्रममा यात्रीहरु घाइते भएका एयर क्यानाडाले विज्ञत्ति प्रकाशन गरी जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा