सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, असार २७ । भारतको बैंलोरमा एक नेपाली सुतेकै अवस्थामा मृत फेला परेका छन । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ पिपलडाँडाका तारा बहादुर खत्रीका २४ बर्षिया छोरा टेकराज खत्री रहेको बताए।
बिहिबार साझ करिब ८ जना साथीहरु खाना खाएर एउटै कोठामा लाईन संग सुतेको र टेकराजको राती २ बजे देखी ड्युटी भएकाले उठाउन खोज्दा उनको मृत्यु भईसकेको जनाइएको छ ।
मृत्युको कारण भने खुल्न सकेको छैन । मृतक टेकराज बैंलोरको खडदासपुरमा रहेको एक कम्पनीमा काम गर्दै आएका थिए । (कैलाली खबर)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा