सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय/अछाम, असार २७ । अछाममा शुक्रबार बिहान साढे ८ बजे ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गएको छ ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ५ किर्तिपुर मा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने सिधै बाटोमा ट्रकले बालिकालाई ठक्कर दिएको हो ।
ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट स्थानिय भरत भण्डारीकी ४ बर्षिया छोरी अस्मिता भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक .(डिएसपी) जनक बहादुर शाहीले जानकारी दिए ।
डिएसपी शाहीले ट्रक चालक तिलक शर्मा जैशी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएका छन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा