भर्खरै

कंगारुले इङ्गल्याण्ड लाई दियो २२४ रनको लक्ष्य, स्मिथले बनाए ८५ रन


 July 11, 2019     सेतो खबर

विश्वकप २०१९ को दोस्रो सेमीफाइनल प्रतिस्पर्धा बर्मिघममा विश्व च्याम्पियन अष्ट्रेलिया र आयोजक इङ्गल्याण्ड बिच भईरहेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाली टिम ४९ ओभरमा २२३ रन बनाउदै अलआउट भयो । अब इङ्गल्याण्डलाई फाइनलमा स्थान बनाउनको लागी २२४ रनको आवश्यकता पर्दछ ।

विश्वकपको दोस्रो सेमिफाइनलको पहिलो पारीमा कंगारु टिमको शुरुवात राम्रो रहेन । उसले पारीको दोस्रो ओभरमा जोफ्रा आर्चरको बलमा आफनो विकेट शुन्यमा गुमायो । आर्चरले उनलाई एलबिडब्ल्यु आउट गरे । यद्यपी, फिंचले रिव्यू लिए । विस्फोटक ब्याट्सम्यान डेविड वार्नर पनि ९ रन बनाउदै क्रिस वोक्सको बलमा आउट भए । वोक्सको बलमा वार्नरको क्याच जोनी बेयरस्टोले लिए । स्टीव स्मिथले ८५ रनको जुझारु पारी खेले र ८५ रन बनाउदै आउट भए । उनले चौथो विकेटको लागी एलेक्स केरीसँग १०७ रनको उत्कृष्ट साझेदारी गरे ।

पीटर ह्ड्सकौब चार रन बनाएर क्रिस वोक्सको बलमा आउट भए । एलेक्स केरी चोटिल हुदा पनि टिमको लागी उत्कृष्ट पारी खेले तर उनी अर्धशतक बनाउन बाट चुके । कैरीले ४६ रन बनाए र आदिल राशिदको बलमा आफनो विकेट गुमाए । मार्कस स्टायनिसले आफनो खाता पनि खोल्न पाएनन र आदिल राशिदको शिकार बने । मैक्सवेलले २२ रनमा आफनो विकेट गुमाए र जोफ्रा आर्चरको शिकार बने । पैट कमिंग ६ रन बनाउदै आदिल राशिदको तेस्रो शिकार बने । मिचेल स्टारले २९ रनाउदै आउट भए । बेहरनडार्फले एक रन बनाउदै मार्क वुडको बलमा आफनो विकेट गुमाए । नाथन लियोन पाँच रन बनाउदै अभिजित रहे ।

इङ्गल्याण्ड का बलरहरुले शानदार बलिङ गरे । क्रिस वोक्स र आदिल राशिदले तिन–तिन शकार गरे । जोफ्रा आर्चरले २ विकेट लिए जबकि मार्क वुडले एक विकेट लिए ।

LIC
LIC



Ime Inside