सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आफनो करियरको अन्तिम सीरीज खेलीरहेका युनिभर्स बोसको नामबाट प्रख्यात वेस्टइंडीजका ब्याट्सम्यान क्रिस गेलले क्यारेवियाली पुर्व महान खेलाडी ब्रायन लाराको ठुलो रेकर्ड तोडेका छन् ।
आइतवार खेलीएको दोस्रो वन–डे मा ३९ बर्षिय क्यारेबियाली ब्याट्सम्यान गेलले सातौ रन बनाए पछि नै वेस्टइंडिजका पुर्व महान खेलाडी ब्रायन लाराको रेकर्ड तोड्दै आफनो नाम एउटा विशेष उपलब्धि हासिल गरेका छन् ।
ब्रायन लारा (१०,३४८) को रेकर्ड तोड्नको लागी गेललाई ७ रनको आवश्यकता थियो, जुन उनले नौं ओभरको पहिलो बलमा एक रन लिदै पुरा गरे । यो सात रनसँगै गेल विडिजको लागी वन–डे अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने पहिलो खेलाडी बनेका छन् ।
गेलले १०,३४९ रन सँगै ब्रायन लाराको रेकर्डलाई तोडे । उनको नाम अब वन–डे अन्तराष्ट्रिय क्रिकेट मा १०,३५३ रन भएको छ । उनले यी सबै रन २९७ म्याच खेलेर लिएका हुन् । लाराले २९५ म्याचमा १०,३४८ रन बनाएका थिए । यो लिस्टको तेस्रो स्थानमा शिवनारायण चन्द्रपालको (८,७७८) छ । उनले २६८ म्याचमा यती रन हासिल गरेका हुन् ।
क्रिस गेलले भारत विरुद्ध दोस्रो वन–डे मा २४ बलमा ११ रनको कमजोर पारी खेले । उनलाई तेज बलर भुवनेश्वर कुमारले एलबिडब्ल्यू आउट गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा