सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २६ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि जारी छनोट प्रकृया त्रुटिपूर्ण भएकाले यसलाई रोकेर सच्चाउन माग गरेका छन् । त्रुटिपूर्ण प्रकृया रोकेर नसच्चाए केसी कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
केसीले आवेदन दिएकाहरु सबै उक्त पदका लागि अयोग्य भएकाले नाम फिर्ता लिनुपर्ने जनाएका छन् ।
यसअघि सरकारले चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन आयोग गठन गरेर १५ दिने सुचना जारी गर्दै उपाध्यक्षका लागि मागिएको आवेदन अनुसार ६ जना वरिष्ठ चिकित्सकहरुको आवेदन दिएका थिए ।
यसैक्रममा, सो सम्मेलनमा बोल्दै डा.केसीले आयोगको उपाध्यक्ष पदका दिएको निवेदन छनोट प्रकृया तत्काल रोक्न माग गरेका हुन् ।
उनले भने, ‘यसो गरिए राजनीतिक भागबन्डाको आधारमा सरकार चलेको पुष्टि हुन्छ । त्यसकारण उम्मेदवारी फिर्ता गर्न माग गर्दछु’ पत्रकार सम्मेलनमा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नियुक्ति प्रकृयाको कर्मकाण्ड देखाएर पन्छिने होइन की योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिने शर्तमा जिम्मेवारी सुम्पनुपर्छ । त्यसका लागि हाल अघि बढेको उम्मेदवारहरुको छनोट प्रकृया तत्काल रोक्न सरकारसाग माग गर्दछौँ ।’
आयोगको उपाध्यक्ष नियुक्तिमा विकसित घटनाक्रमहरुले कसैलाई जागिर खुवाउने र नियुक्ति दिनेतर्फ केन्द्रीत भएको डा. केसीले आरोप लगाए । उपाध्यक्षमा पार्टीको कार्यकर्ता भर्ना गरे यस क्षेत्रको विकृति थप मौलाउने दावी उनले गरेका छन् ।
यसैगरी, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक चलखेलका आधारमा सम्बन्धन दिने र भर्ना लिने गरेको गुनासो बढेपछि अधिकार सम्पन्न आयोगको व्यवस्था गरेको हो ।
प्रधानमन्त्री अध्यक्ष हुने आयोगको कार्यकारी प्रमुख भने उपाध्यक्ष हुन्छ, जसमा ६ जनाले इच्छा देखाएका छन् । त्यसका लागि श्रीकृष्ण गिरी, पारस पोखरेल, नीलमणि उपाध्याय, प्रमोदकुमार सरा र रमेशप्रसाद सिंहले आवेदन बुझाएका थिए।
चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तिमा १० वर्ष शिक्षा र २० वर्ष स्वास्थ्य सेवामा अनुभव योग्यता भएको व्यक्त मात्र आयोगको उपाध्यक्ष हुने जनाएको थियो।
लोकसेवा आयोगका अध्यक्ष संयोजक तथा मुख्यसचिव र चिकित्सा क्षेत्रका प्राध्यापक सदस्य रहेको समितिले आवेदकमध्येबाट सिफारिस गर्ने व्यवस्था रहेको छ ।
डा. केसीले चिकित्सा शिक्षामा हुने आर्थिक चलखेल रोक्न अलग्गै कानुन बनाएर गठन गरेको शक्तिशाली आयोगमा विवादमा नमुछिएका व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग रहेको छ ।
यसैक्रममा, सरकारले आफूलाई पटक–पटक झुक्याउदै आएको, सहमतिहरु उल्लङ्घन गरेको आरोप डा. केसीले लगाए । उपाध्यक्ष नियुक्ति प्रकृया नरोके आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत केसीले जानकारी दिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा