सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २६ । बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणको सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएर झुक्याइएको कारण नेपाली जनताको सामु लज्जित हुनु परेको बताए ।
सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिनुपरेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलेँ, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास भएङ्को तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनु पर्यो, त्यसप्रति क्षमाप्रार्थी छु ।’
नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने जानकारी दिए ।
बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध सञ्चार माध्यमले समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए ।
‘आफू प्रधानमन्त्री भएको एक वर्ष भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु ।.. तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘धन्य छ, मिसन पत्रकारिता ।’
यसैक्रममा, प्रदेश सरकार संघीय सरकारको मातहत रहेको पनि प्रधानमन्त्री ओलीले दोहोर्याए।
प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहत रहेको जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा