सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, असार २६ । बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता महेन्द्र यादवले प्रदेश नम्बर २ सरकारका मन्त्रीहरु भ्रष्टाचार गर्ने होडवाजीमा लागेको आरोप लगाएका छन् ।
पूर्व खानेपानी मन्त्री समेत रहेका नेता यादवले उक्त सम्मेलनमा बाल्दै प्रदेश २ का मन्त्रीहरुबीच कसले कति अनियमितता गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको आरोप लगाए।
नेता यादवले सरकार र मन्त्रीहरु विकास निर्माणमा लाग्नु भन्दा पनि कसरी आफ्नो ढुकुटी भर्ने र सरकारी ढुकुटी रित्याउने भन्ने कार्यका लागि परेको बताए ।
उनले भने, ‘प्रदेश २ भ्रष्ट प्रदेशका रुपमा अघि बढ्दैछ । संघीयतालाई नै यो सरकारले बदनाम गर्दैछ ।’
संघीय संरचनामा पनि प्रदेश सरकारले पुरानो जिविसको शैलीमा बजेट विनियोजन गरेको भन्दै उनले असारे बजेटका नाममा उपभोक्ता समिति मार्फत मन्त्रीहरु आफ्ना कार्यकर्ता पाल्ने काममा लागेको जानकारी दिए ।
उनको भनाई अनुसार उपभोक्ता समितिको उद्देश्य ठीक रहेपनि गठन प्रकृया नै ठीक नरहेको जनाए ।
उनले प्रश्न गरे, ‘आफ्ना आसेपासेलाई उपभोक्ता समितिमा राखेर कमसल काम गर्ने, बजेट दुरुपयोग गर्ने काम भइरहेको छ । आर्थिक वर्षको ११ महिनामा १३ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको प्रदेश सरकारले अन्तिम महिनामा ४ अर्ब भन्दा बढी बजेट कसरी खर्च गर्यो रु’।
यादवले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकाले अख्तियारले सरकारका क्रियाकलापमाथि छानविन गर्नुपर्ने माग गरेका छन् ।
यसैगरी खानेपानी, सिचाई, शिक्षालय, सडक निर्माणजस्ता भौतिक पूर्वाधारका विषयमा प्रदेश सरकार मनोमानी र स्वेच्छाचारी रुपमा अघि बढेको समेत आरोप उनले लगाएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा