सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख, असार २६ । जिल्ला अदालतले जातीय विभेद गर्ने महावु गाउँपालिका-५ का ६० वर्षीय दिलबहादुर रावतलाई तीन महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले यस्तो फैसला सुनाएको हो । जातीय भेद्भाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ दफा ७ (१) (क) तथा मुलुकी अपराधसहिंता २०७४ को दफा १६६ को (२) बमोजिम कैद र जरिवानाको फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आर्चायले बताउनुभयो ।
तत्कालीन युद्धमा भूमिगत हुँदा शोभा सुनार र गणेशबहादुर रावतले अन्तरजातीय विवाह गर्नुभएको थियो । शोभाका श्रीमान् गणेशबहादुरले दोस्रो विवाह गरी भागेपछि आफ्ना छोराछोरीलाई गाँस, बास र पढाउनका लागि खर्चसहित अंश मागेपछि जेठाजु दिलबहादुरले आफूलाई अभद्र व्यवहार गरी जातीय छुवाछूत गरेको भनी शोभाले विसं २०६७ जेठ १ गते मुद्दा दर्ता गर्नुभएको थियो ।
प्रतिवादी दिलबहादुरले जातीय छुवाछूत कसुर गरेको देखिन आएको हुँदा यो फैसला सुनाइएको अदालतले जनाएको छ ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा