भर्खरै

इङ्गल्याण्ड र अष्ट्रेलिया बिचको दोस्रो सेमिफाइनल आज, को पुग्ला फाइनलमा ?


 July 11, 2019     सेतो खबर

पहिलो पटक विश्वकप जीत्ने दाउँमा इङ्गल्याण्ड टिम विहिवार दोस्रो सेमिफाइनलमा पाँच पटकको च्याम्पियन चिर प्रतिद्धन्द्धि अष्ट्रेलियालाई हराउनको लागी निकै संघर्ष गर्नु पर्नेहुन्छ ।

अष्ट्रेलियाको टिम पछिल्लो विश्वकपको विजेता टिम हो भने इङ्गल्याण्ड को टिम पहिलो विश्वकप जितेर सुनौलौ अक्षरले आफनो नाम लेख्न चाहन्छ। इङ्गल्याण्ड पछिल्लो पटक २०१५ विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो । त्यसपछिदेखी नै वनडे र्याङकिङमा शिर्ष स्थानसम्म पुग्यो र धेरै नै मजबुत टिमको रुपमा अगाडि आयो ।

इङ्गल्याण्ड १९७९, १९८७ र १९९२ मा फाइनलसम्म पुग्यो तर विश्वकप भने जित्न सकेन । यो पटक टिमको फर्मलाई हेरेर विशेषज्ञहरुले अनुमान लगाएका थिए कि यो उसको लागी सबैभन्दा सुनौलो मौका हो । इङ्गल्याण्ड र उपाधिको बिच पहिलो कदममा यद्यपी अष्ट्रेलिया छ जो टुर्नामेन्टमा लगातार उत्कृष्ट प्रदर्शन गर्दे आएको छ । अहिलेसम्म उसले सबै ६ वटै सेमिफाइनल जितेको छ र १९९९ मा दक्षिण अफ्रिका बिरुद्ध नाटकीय रुपमा म्याच टाईमा पुगेको थियो ।

अष्ट्रेलियालाई अहिले पनि अपराजेय अष्ट्रेलिया टिम भन्न सकिदैन तर ठुला–ठुला प्रतिस्पर्धामा उसले सधै राम्रो प्रदर्शन गरेको छ । यो पटक पनि सहि समयमा टिम फर्ममा आएको छ र कुनै पनि दबाबमा पनि छैन ।

LIC
LIC



Ime Inside