भर्खरै

बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दश पत्रकारलाई (नामसहित)


 July 10, 2019     सेतो खबर

काठमाडौँ, असार २५ । यस वर्षको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस) का प्रकाश सिलवालसहित १० जना पत्रकारलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको सो पुरस्कारबाट राससका सिलवाल, नागरिक दैनिकका हिमाल लम्साल (संयुक्त उपत्यका) र खगेन्द्र अधिकारी (उपत्यका बाहिर, ताप्लेजुङ) लाई प्रदान गर्ने निर्णय गरेको हो ।

रेडियोतर्फ उपत्यकामा रामकुमारी खड्का (रेडियो उज्यालो एफएम) र उपत्यका बाहिरबाट रुमा रिजाल (रेडियो सप्तकोशी एफएम) लाई प्रदान गर्ने भएको छ ।

त्यस्तै टेलिभिजनतर्फ धनवीर दाहाल, रुकुम (नेपाल टेलिभिजन) र कोपिला पोखरेल (बुद्ध आवाज टेलिभिजन, (कपिलवस्तु), जनता टेलिभिजनबाट धनमाया भुसाल (नवलपरासी) (संयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) र कान्तिपुर एफएमका शर्मिला खनाललाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासङ्घ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिल नेपालको संलग्नतामा गठित छनोट समितिले यही असार १७ गते बसेको बैठकले उक्त १० जना पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । छनोटका लागि गत वैशाख २६ गतेदेखि जेठ १५ गतेसम्म प्राप्त भएका २८ आवेदनको अध्ययन तथा छानबिन गरी रेडियो, छापा, टिभी र कार्यक्रम प्रस्तोतालाई दिने भएको हो ।

छनोट समितिले आवेदनमा सामग्रीको प्रस्तुति र भाषा, विषयवस्तुको छनोट तथा गहनता, विषयको सान्दर्भिकता, खोज तथा अनुसन्धान पत्रकारिता प्रयोग एवं व्यक्तिगत विवरण र अनुभवलाई मूल्याङ्कनको आधार बनाएको थियो ।

सो पुरस्कार यही असार २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले प्रदान गर्नेछिन् । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । रासस

LIC
LIC



Ime Inside