सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २५ । डेपुटि गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार नेपाल राष्ट्र बैंकले दुई बैंक मर्ज हुँदा सिइओ एउटै रहने भएकाले बाहिरिएको सिइओलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था बनाउन लागेको जानकारी दिए ।
उनका अनुसार दुइ बैंक मर्ज हुँदा एक सिइओ बाहिरिनुपर्नेछ । यस्तो अवस्थामा सिइओ र सञ्चालकलाई कुलिङ पिरियड नलाग्ने डेपुटी गर्भनर शिवाकोटीले बताए।
उनले भने, ‘मर्जरले सिइओ र सञ्चालक समितिका केहीलाई बाहिर्याउँने भएकाले उनीहरुलाई कुलिङ पिरियड लाग्ने छैन् । किनकि उनीहरु आफै निक्लिएका होइनन्, निकालिएको हो ।’
अहिले बैंक छोडेको ६ महिनासम्म बैंकका प्रमुख कार्यकारी अधिकृतलाई अर्को बैंकमा जान नपाउने गरि कुलिङ पिरियड लाग्ने व्यवस्था गरेको छ ।
यसैगरी गर्भनर शिवाकोटीका अनुसार कर्जा निक्षेप अनुपात (सिडि रेसियो), अनिवार्य तरलता अुनपात (सिआरआर),स्प्रेड दर (कर्जा र ब्याजदर विचको अन्तर) लगायतमा सुहलियत दिने गरी मौद्रिक नीतिमा व्यवस्था गर्न सकिने जानकारी दिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा