सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २५ । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी) प्रदेश प्रहरी प्रमुख भएर जाने सहमति भएको छ ।
गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डिआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने सहमति गरेर समितिमा औपचारिकररुपमा प्रस्ताव पेस गरेको सांसद जनार्दन शर्माले केही दिन अघि समितिमा राखेको प्रस्तावले जनाएको छ ।
समितिको सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकार गरेको हो। प्रदेश प्रमुख भएर जाने एआइजीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिह्न लगाउनु पर्नेछ भने, आइजिपी बन्ने सम्भावना कायमै रहने छन्।
यसैगरी, संघीय सरकारले प्रदेश प्रहरी प्रमुखलाई सरुवा गर्नसक्ने व्यवस्था समेत गरेको छ । प्रदेश प्रहरीको सेवासुविधा नेपाल प्रहरी (संघीय सरकार मातहत रहने प्रहरी)को भन्दा कम नहुने समेत व्यवस्थामा सहमति जनाएको छ।
उक्त समितिमा प्रदेश प्रहरीको सेवा, सुविधा, पोसाक, दर्ज्यानी चिह्न संघीय ऐनको मातहत रहेर बन्ने प्रदेश प्रहरी कानुनअनुसार हुने विषयमा सहमति भएको छ। कुन तहको अधिकारीलाई प्रदेशमा पठाउने भन्ने सरकारले विधेयक ल्याउँदा स्पष्ट पारेको थिएन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा