भर्खरै

यि हुन मदन पुरस्कारका लागि छानीएका सात पुस्तक, कसले मार्ला बाजी ?


 July 10, 2019     सेतो खबर

काठमाण्डौँ, असार २५ । मदन पुरस्कारका लागी ७ कृति छनोटमा परेका छन्। गुठीले कूल २५७ कृति मध्येबाट यसवर्षको लागी ७ उत्कृष्ट पुस्तकको सूची तयार पारेको हो ।

गुठीले ‘मदन पुरस्कार–२०७५’ प्रदान गर्न गठित विज्ञ समितिबाट सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्‍कल दोक्‍कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश नामक पुस्तकहरु छनोट गरेको हो ।

LIC
LIC



Ime Inside