भर्खरै

शिल्पा पोखरेलले लगाइन् छवी ओझा माथि घरेलु हिंसाको आरोप


 July 10, 2019     सेतो खबर

काठमाडौँ, असार २५ । शिल्पा पोखरेलले आफ्नो श्रीमान् छवी ओझालाई करिब विवाह गरेको दुई वर्ष नपुग्दै काठमाडौँ प्रहरी परिसरमा तीन दिन अघि घरेलु हिंसा गरेको भन्दै उजुरी दिएकी छन् ।

प्रहरीका अनुसार उक्त उजुरी परेपछि काठमाडौँ परिसरमा छलफलका लागि दुवैलाई बुधबार दिउँसो बोलाएको जानकारी दिए । यी जोडिको यस्तो समाचारले गर्दा सिनेमा क्षेत्रमा समेत तरंग उत्पन्न भएको छ ।

२०७३ सालमा ओझाले पोखरेलसँग गुपचुप बिहे गरेका थिए । यसैक्रममा ‘लज्जा’ सिनेमाबाट शिल्पालाई छविले ब्रेक दिएका थिए । त्यसपछि छविको ब्यानरमा पोखरेलले ‘मंगलम’ तथा ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी थिइन ।

यसैगरी, विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट देखिएको नायिका शिल्पा निकट स्रोतले जनाएको छ । उनलाई घरेलु हिंसा सहेर बस्नु भन्दा सम्बन्ध विच्छेद गर्नु नै उत्तम रहेको दबाब परेको छ ।

LIC
LIC



Ime Inside